
बङ्गलादेश सरकारले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस र बिडिएस अध्ययनका लागि उपलब्ध गराएको छात्रवृत्ति कोटामा विद्यार्थी
छनोटमा देखिएको गोलमालको घटना हालै सार्वजनिक भयो ।
गरिब, जेहनदार र पढाइमा तीक्ष्ण विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्ति कोटा वितरणमा मनपरी हुन लागेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूले छानेका विद्यार्थीलाई मात्रै छात्रवृत्ति उपलब्ध गराउन नेपालस्थित बङ्गलादेशी दूतावासलाई आग्रह गरेको थियो ।
यस घटनाले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छिमेकी तथा मित्रराष्ट्रहरूले प्रदान गर्ने छात्रवृत्ति कोटा अझै पनि पहुँचको भरमा
वितरण हुने गरेको उजागर गरेको छ ।
बङ्गलादेश मात्र होइन अन्य मुलुकबाट प्राप्त हुने छात्रवृत्तिमा यस्तो समस्या रहेको छ । छात्रवृत्ति कोटामा अध्ययनका लागि शिक्षा मन्त्रालयमा
पत्राचार गरेर विद्यार्थीको विवरण माग गर्ने र सोही कोटामा आफैँ विद्यार्थीसँग छुट्टै आवेदन मागेर छनोट गरेपछि छात्रवृत्तिमा अध्ययन गर्न छानिएका विद्यार्थी समस्यामा पर्ने गरेका छन् । गोरखापत्रमा खबर छ ।