०५ असार २०८३, शुक्रबार

नियुक्तिपत्रबिना काममा लगाउने समस्या बढ्दो

जेठ १२, २०८१
काठमाडौं
नियुक्तिपत्रबिना काममा लगाउने समस्या बढ्दो

 श्रम ऐन २०७४ मा नियुुक्तिपत्र नदिई काममा लगाउन नपाइने व्यवस्था गरिए पनि ३५ प्रतिशत उद्योग प्रतिष्ठानमा अझै पनि नियुुक्तिपत्रबिना काममा लगाएको पाइएको छ ।

नियुक्तिपत्र नदिने सङ्ख्या गर्त वर्षभन्दा बढेको छ । नेपाल ट्रेड युुनियन महासङ्घ (जिफन्ट) को श्रम कानुन कार्यान्वयनको अवस्था विश्लेषण प्रतिवेदनमा गत वर्ष नियुक्तिपत्रबिना काममा लगाउने ३० प्रतिशत रहेकोमा यो वर्ष बढेर ३५ प्रतिशत पुगेको उल्लेख छ । 

त्यसो त श्रम ऐनमा हरेक रोजगारदाता प्रतिष्ठानले अनिवार्य श्रमिकसँग रोजगारीसम्बन्धी सम्झौतासहित नियुक्तिपत्र दिएर मात्रै श्रमिकलाई काममा लगाउन पाइने व्यवस्था छ । 

जिफन्टले यस पटक उत्पादनमूलक उद्योग÷प्रतिष्ठान जुुट, गार्मेन्ट, होटल, टे«किङ, सहकारी, सरकारी स्वामित्वका प्रतिष्ठान, अस्पताल र श्रमिक आपूर्तिकर्ता कम्पनी गरेर १५७ प्रतिष्ठानमा श्रम ऐन कार्यान्वयनको अवस्था अध्ययन प्रतिवेदनमा अझै त्यो सङ्ख्याका श्रमिकलाई बिनानियुक्तिपत्र काम लगाएको पाइएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्