
स्टार्टअप उद्यम कर्जाबापत उद्यमीलाई साढे तीन करोड रकम वितरण गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउनयोग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा वितरण सुरु गरेको हो ।
राष्ट्रिय वाणिज्य बैङ्कको तोकिएको शाखा कार्यालयबाट ७४ वटा उद्यम परियोजनालाई हालसम्म तीन करोड ७२ लाख ३५ हजार रुपियाँ रकम वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।
अन्य परियोजनालाई रकम वितरणकै प्रक्रियामा रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले राष्ट्रिय वाणिज्य बैङ्कमा रकम पठाइसकेकाले एक साताभित्रमा छनोटमा परेका परियोजनालाई रकम भुुक्तानी गरिसक्ने बताए । गोरखापत्रमा खबर छ ।