१६ असार २०८३, मंगलबार

नेप्सेको उकालो यात्रा कायमै, बुधबार ५४ अङ्कले बढ्यो

साउन २, २०८१
काठमाडौं
नेप्सेको उकालो यात्रा कायमै, बुधबार ५४ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ ।

नेप्से परिसूचक आज ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय  ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो । 

आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ कित्ता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो । 

आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै सात दशमलव ३० प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी  लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २  को सबैभन्दा धेरै नौ दशमलव ९० प्रतिशतले घटेको हो । ​

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता शेयर किनबेच भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्