१६ असार २०८३, मंगलबार

कलाकार हरिवंश आचार्यको नाकभित्रको नसा फुटेको पुष्टि

साउन ७, २०८१
काठमाडौं
कलाकार हरिवंश आचार्यको नाकभित्रको नसा फुटेको पुष्टि
फाइल फोटो

हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ । 

आफ्नो नाकभित्रको सानो नसा फुटेको र त्यसलाई टाल्ने काम भइसकेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रका लागि विराटनगर आएका बेला आचार्यको नाकबाट रगत बगेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

विराटनगरको हिमगिरि हाइजिङको ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रमा  हस्ताक्षर गर्न महजोडी विराटनगर आएका थिए ।

उनको विराट नर्सिङ होम विराटनगरमा उनको उपचार भइरहेको छ ।

आचार्यले आफ्नो अवस्था सामान्य रहेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उनले भनेका छन्- ‘शनिबार हिमगिरि प्रालि उद्योगको आतिथ्यमा मदन दाइ र म विराटनगर आएका थियौं । अचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोसी अस्पताल पुगें र त्यहाँबाट विराट नर्सिङ होम ईएनटी डिपार्टमेन्टमा उपचार हुँदैछ र म सामान्य अवस्थामा छु । अस्पताल पुग्दा मेरो ब्लड प्रेसर सामान्य नै थियो ।’

उनले उपचारका संलग्न चिकित्सकको टोलीलाई धन्यवाद दिएका छन् ।

आचार्यको उपचारमा डा. राजीव शाहको टोली खटिएको छ ।

उनले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चासो, सहयोग र सद्‌भाव राख्ने सबैप्रति आभार प्रकट गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्