०७ असार २०८३, आइतबार

भारतले सुनमा लगाउँदै आएको भन्सार शुल्क घटायो

साउन १०, २०८१
काठमाडौं
भारतले सुनमा लगाउँदै आएको भन्सार शुल्क घटायो

छिमेकी मुलुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ । 

भारत सरकारले मङ्गलबार सार्वजनिक गरेको बजेटमार्फत् सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम, इरिडिअमलगायत अन्य धातुमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ । 

बजेटमार्फत् भन्सार शुल्क घटाएसँगै भारतमा प्रति १० ग्राम सुनको मूल्य छ हजार नौ सय र तोलामा ११ हजार रुपैयाँ सस्तो भएको छ । मङ्गलबार भारतीय बजारमा प्रतितोला सुनको मूल्य एक लाख २९ हजार रुपैयाँ रहेकोमा नेपालमा भने प्रतितोलामा एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । भारतको तुलनामा नेपालमा सुनको मूल्य प्रतितोलामा १८ हजार रुपैयाँ महँगो छ । 

भारतमा सुनचाँदीमा भन्सार शुल्क घट्दा त्यसको प्रभावले नेपालमा चोरी तस्करी बढ्ने व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भारतमा सुनमा लगाउँदै आएको भन्सार शुल्क घट्दा नेपालमा थप चोरीपैठारी बढ्ने सम्भावना रहेको बताए । आजको गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्