१० साउन २०८३, आइतबार

मिस माल्टा नेपाल भ्रमणमा

साउन १४, २०८१
काठमाडौं
मिस माल्टा नेपाल भ्रमणमा

मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएकी हुन् । 

उनीसँगै मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि नेपाल आएका छन् । 
मिस माल्टाको टोलीलाई नेपाल पर्यटन बोर्डको अगुवाइमा ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा आतिथ्यता प्रदान गरिएको थियो । 

मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए । उनीहरुको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ ।  नेपाली कामदारहरुको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकै बीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

नेपालमा रहँदा मिस माल्टाको टोली विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्