०३ असार २०८३, बुधबार

गरिबी निवारण कोषको ६० करोड रुपैयाँ २२ वर्षदेखि अलपत्र

साउन १७, २०८१
काठमाडौं
गरिबी निवारण कोषको ६० करोड रुपैयाँ २२ वर्षदेखि अलपत्र

बैतडीमा गरिबी निवारण कोषको ६० करोडभन्दा बढी रुपैयाँ अलपत्र परेको छ । स्थानीय तहले गरिबी निवारणको घुम्ती कोष परिचालनसम्बन्धी मापदण्ड बनाउन नसक्दा जिल्लाका एक हजार दुई सय समूहमा रहेको करोडौँ रकम अलपत्र परेको हो । 

विश्व बैङ्कको आर्थिक सहयोगमा २०६० सालमा गठन भएको गरिबी निवारण कोषमार्फत जिल्लाका तत्कालीन ६२ वटा गाउँ विकास समितिमा गरिब घरधुरीको समूह गठन भएको थियो । 

ती गरिब घरधुरीको समूहलाई सामुदायिक संस्थाका रूपमा दर्ता गरी आयआर्जनका लागि प्रतिएक समूहलाई घुम्ती कोषका रूपमा कम्तीमा पाँच लाख दिइएको थियो । जिल्लामा एक हजार दुई सयभन्दा बढी समूह छन् । 

सरकारले २०७५ मा गरिबी निवारण कोष खारेज गरेपछि घुम्ती कोषमा रहेको करोडौँ रुपियाँ परिचालन हुन नसकेको गैरसरकारी संस्था महासङ्घ बैतडीका अध्यक्ष पदमराज अवस्थीले बताए । कोष परिचालन गरी ऋण लगानी भएका व्यक्तिबाट असुल गर्नुपर्ने ब्याजदर जोड्दा यो रकम करिब एक अर्ब पुग्न सक्ने उनले बताए । आजको गोरखापत्र दैनिमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्