२८ जेठ २०८३, बिहीबार

अब एमबीए बुटवलमै पढ्न पाइने

साउन १९, २०८१
बुटवल
अब एमबीए बुटवलमै पढ्न पाइने

उच्च शिक्षाका लागि राजधानीसम्म जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी बुटवलको क्षितिज इन्टरनेसनल कलेजले मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन (एमबीए)को पढाइ शुरू गरेको छ ।

यसअघि बीबीए र बीआई (स्नातक तह)को अध्यापन गराउँदै आएकाले कलेजले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तरको पढाइ शुरू गर्न लागेको हो । 

पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजले नयाँ कार्यक्रमकाे शुरूवात गरेको हो । 

पोखरा विश्वविद्यालयका एमबीए पाठ्यक्रम विकास संयोजक तथा एमबीए कार्यक्रम संयोजक प्रोफेसर प्राडा महानन्द चालिसेले शनिवार आयोजित एक कार्यक्रमबीच एमबीए कार्यक्रमको शुरूवात गरे । 

कार्यक्रममा प्राडा चालिसेले संसारलाई परिर्वतन गर्न चाहनेहरूका लागि एमबीए कार्यक्रम आफैँमा ओझपूर्ण विषय भएको बताए । 

क्षितिज इन्टरनेसनल कलेजका प्राचार्य डा सूर्य रानाले मोफसलमा एमबीएको गुणस्तरीय शिक्षा पाउनु खुसीको कुरा रहेको बताए । क्षितिज कलेज झण्डै १५ वर्षअघि स्थापना भएको हो । 


 

salt training

कमेन्ट गर्नुहोस्