
उच्च शिक्षाका लागि राजधानीसम्म जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी बुटवलको क्षितिज इन्टरनेसनल कलेजले मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन (एमबीए)को पढाइ शुरू गरेको छ ।
यसअघि बीबीए र बीआई (स्नातक तह)को अध्यापन गराउँदै आएकाले कलेजले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तरको पढाइ शुरू गर्न लागेको हो ।
पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजले नयाँ कार्यक्रमकाे शुरूवात गरेको हो ।
पोखरा विश्वविद्यालयका एमबीए पाठ्यक्रम विकास संयोजक तथा एमबीए कार्यक्रम संयोजक प्रोफेसर प्राडा महानन्द चालिसेले शनिवार आयोजित एक कार्यक्रमबीच एमबीए कार्यक्रमको शुरूवात गरे ।
कार्यक्रममा प्राडा चालिसेले संसारलाई परिर्वतन गर्न चाहनेहरूका लागि एमबीए कार्यक्रम आफैँमा ओझपूर्ण विषय भएको बताए ।
क्षितिज इन्टरनेसनल कलेजका प्राचार्य डा सूर्य रानाले मोफसलमा एमबीएको गुणस्तरीय शिक्षा पाउनु खुसीको कुरा रहेको बताए । क्षितिज कलेज झण्डै १५ वर्षअघि स्थापना भएको हो ।