०५ साउन २०८३, मंगलबार

अत्यधिक गर्मीका कारण तिलोत्तमाका विद्यालयमा एक साता बिदा

जेठ २२, २०८३
बुटवल
अत्यधिक गर्मीका कारण तिलोत्तमाका विद्यालयमा एक साता बिदा

अत्यधिक गर्मी बढेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिकाका विद्यालयमा एक साताका लागि बिदा दिइएको छ ।

जेठ २४ गतेदेखि २९ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी सामुदायिक र संस्थागत विद्यालयहरूमा बिदा दिइएको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए ।

तराईमा पछिल्लो साता गर्मी ३८ डिग्रीभन्दा माथि छ ।

बिहीबार भैरहवाका तापक्रम ४१ डिग्री पुगेको थियो ।

बुटवलले जेठ १५ गतेदेखि बर्खे बिदा दिएको छ ।

 

कमेन्ट गर्नुहोस्