०६ साउन २०८३, बुधबार

भीपी अग्रवाल फाउन्डेशनद्वारा सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत

साउन ४, २०८३
काठमाडौं
भीपी अग्रवाल फाउन्डेशनद्वारा सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत

शिक्षासेवी, अध्येता, समाजसेवी तथा संविधानसभा सदस्य स्वर्गीय प्राडा भीपी अग्रवालको नाममा स्थापना भएको भीपी अग्रवाल साइन्स फाउन्डेसनले देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने उत्कृष्ट ५ जना शिक्षकलाई जनही २ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार र सम्मान गरेको छ ।

फाउन्डेसनले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली, अंग्रेजी, गणित, सामाजिक अध्ययन र विज्ञान विषयमा अध्यापन गराउने देशभरका सामुदायिक विद्यालयका शिक्षकमध्येबाट छनोट गरी उत्कृष्ट ५ जनालाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुने शिक्षकहरूमा नेपाली विषयमा काठमाडौंको कीर्तिपुरमा रहेको मंगल माविका शिक्षिका अन्जना महर्जन, अंग्रेजी विषयमा सोही विद्यालयकी शिक्षिका शर्मिला प्रधान, गणित विषयमा नारायणी नमुना मावि भरतपुर चितवनका राजकुमार कँडेल, सामाजिक अध्ययन विषयमा काठमाडौंको टुसालमा रहेको श्रम राष्ट्रिय माविका प्रकाश आचार्य र विज्ञान विषयमा सोही माविका मकुन्दप्रसाद काफ्ले रहेका छन् ।

पुरस्कृत शिक्षकहरूलाई फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवाल तथा उपाध्यक्ष समेत रहेकी प्राडा अग्रवालकी श्रीमती ललिता अग्रवाललगायत पुरस्कार र सम्मान प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष दिलीप अग्रवालले स्वर्गीय प्राडा विश्वनाथ प्रसाद (भीपी) अग्रवालले शिक्षामा सुधार नभई देशको विकास र व्यक्तिको जीवनस्तर सहज नहुने बताउने गरेकोले उनको सम्झनामा फाउन्डेसन स्थापना गरी शिक्षाको ज्योति छर्न अहोरात्र खटिने उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको बताए । 

null

salt training

कमेन्ट गर्नुहोस्