
माछापुच्छ्रे बैंक लिमिटेड र एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (ई–क्यान झापा)बीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी व्यावसायिक सम्झौता भएको छ ।
सम्झौतापत्रमा ई-क्यानका अध्यक्ष रोशन सुवेदी र माछापुच्छ्रे बैंक सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात इ-क्यान झापामा आबद्ध परामर्शदाताहरूलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ्ग सेवाहरू सरल र सहज रूपमा उपलब्ध गराउनेछ ।
साथै ई-क्यान झापामा आबद्ध परामर्शदाताहरूको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्वीफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्नेलगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्स्टेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २०० स्थानमा रहेका एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।