३० जेठ २०८३, शनिबार

दशगजामा लगाइएको चिया खेती हटाइयो

जेठ २९, २०८३
काठमाडौं
दशगजामा लगाइएको चिया खेती हटाइयो

झापाको कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा लगाइएको चिया खेती आज दुवै देशको संयुक्त सीमा सुरक्षा गस्ती टोलीले हटाएको छ ।

नेपालको पाठामारी र भारतको किशनगञ्ज क्षेत्रको ११४ नम्बर सीमा स्तम्भ नजिक दशगजामा सुनकोशी चिया बगानको ६५ वटा चियाको बोट दशगजा क्षेत्रमा परेको हुँदा हटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय चौहानले जानकारी दिए । उनका अनुसार दशगजा क्षेत्र खाली छाड्नुपर्ने भएकाले सो क्षेत्रमा लगाइएको चियाको बोट हटाइएको हो ।

दशगजा क्षेत्र खाली गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती टोली आज उक्त क्षेत्रमा पुगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्