
स्टार्टअप उद्यम कर्जाबापत १६५ परियोजनालाई १७ करोड रुपियाँ वितरण गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरिएको कार्यक्रमको हालसम्म १७ करोड रुपियाँ विनियोजन गरिएको औद्योगिक विकास प्रतिष्ठानले जनाएको छ ।
गत आवको बजेटमा स्टार्टअप उद्यम कर्जा वितरण गर्न २५ करोड रुपियाँ विनियोजन गरिएको थियो । स्टार्टअप उद्यममा छनोट भएका १८३ परियोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कर्जा वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले १६५ परियोजनलाई १७ करोड रुपियाँ वितरण गरिसकेको जानकारी दिए । साउनभित्रै छनोटमा परेको बाँकी परियोजनालाई स्टार्टअप उद्यमकर्जा वितरण गरिसक्ने उनले जानकारी दिए । गोरखापत्रमा खबर छ ।