१६ असार २०८३, मंगलबार

शेयर बजारमा उत्साह कायमै– कारोबारमा २७ अर्बको कीर्तिमान, नेप्से २९ सयमाथि

साउन २८, २०८१
काठमाडौं
शेयर बजारमा उत्साह कायमै– कारोबारमा २७ अर्बको कीर्तिमान, नेप्से २९ सयमाथि

शेयर बजारमा कारोबार रकमले पुन नयाँ कीर्तिमान कायम गरेको छ । साताको दोस्रो दिन सोमबार शेयर बजारमा कारोबार रकमले २७ अर्ब २४ करोड रुपैयाँको नयाँ रेकर्ड बनाएको हो । 

अघिल्लो दिन आइतबार मात्रै २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार रुपैयाँको कारोबार भएर बनेको रेकर्डलाई सोमबारको कारोबारले तोडेको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७०.८१ अङ्कले बढेर २९३१.६५ को बिन्दुमा कायम भएको छ ।

यस दिन बजारमा ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयरको खरिदबिक्री हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन आइतबार मात्रै नेप्से परिसूचक ९४.५३ अङ्कले बढेर २८६० को बिन्दुमा कायम भएको थियो, जहाँ ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयरको खरिदबिक्री हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार रुपैयाँको कारोबार भएको थियो । 

आज एकै दिन ११ कम्पनीको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।

सोमबार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी, स्वितगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, सुभम पावर, भिजन लुम्बिनी उर्जा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ भने यिनका लगानीकर्ताहरूले सर्वाधिक नाफा समेत कमाएका छन् । 

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स १ अर्ब २२ करोड ८० लाख ७२ हजार रुपैयाँका साथ शीर्ष स्थानमा रहेको छ । 

त्यस्तै, उपसमूहतर्फ इन्भेस्टमेन्ट इन्डेक्स र मेन्युफ्याक्चरीङ एन्ड प्रोसेसिङ बाहेकका ११ वटै समूहको सेयर मूल्य बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्