१५ असार २०८३, सोमबार

नेपाल राष्ट्र बैंकले माग्यो ५२ जना कर्मचारी, १२ पासलाई पनि अवसर [सूचनासहित]

साउन ३२, २०८१
काठमाडौं
नेपाल राष्ट्र बैंकले माग्यो ५२ जना कर्मचारी, १२ पासलाई पनि अवसर [सूचनासहित]

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि आवेदन खुलाएको छ ।  केन्द्रीय बैंकले विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकको सहायक निर्देशक पदमा ३४ जनाको लागि जागिर खुलेको छ । सहायकका दुई पदमा क्रमशः १३ र ५ जना छनोट हुनेछन् ।

केन्द्रीय बैंकका अनुसार सहायक निर्देशक पदका लागि न्यूनतम योग्यता अर्थशास्त्र, वाणिज्यशास्त्र वा जनप्रशासन विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने छ । अधिकृत द्वितीय स्तरको सहायक पदमा प्लसटु पास गरेकाले पनि आवेदन दिन सक्नेछन् । 

सहायक आईटीकन लागि भने आईटी वा कम्प्युटर साइन्समा डिप्लोमा गरेको हुनुपर्छ ।

 इच्छुकले भदौ २० गतेसम्म अनलाईनबाट आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर तिरेर भदौ २७ गतेसम्म आवेदन दिने मौका रहने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ सूचना

null
 

salt training

कमेन्ट गर्नुहोस्