१४ असार २०८३, आइतबार
नेप्सेमा करेक्सन

३ हजारमा टिक्न सकेन नेप्से, ३४ अंकले घटेर २९ सय ६६ बिन्दुमा कायम

भदौ २, २०८१
काठमाडौं
३ हजारमा टिक्न सकेन नेप्से, ३४ अंकले घटेर २९ सय ६६ बिन्दुमा कायम

अघिल्लो कारोबारका दिन करिब ३ वर्षपछि ३ हजार बिन्दुमाथि पुगेको नेप्से परिसूचक ३४ अंकले घटेर २९ सयतर्फ झरेको छ ।

साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३४.४७ अंकले घटेर २९६६ सय ३३ बिन्दुमा कायम भएको हो ।

बिहीबार ४३ अंकले बढेर ३ वर्षपछि ३ हजार बिन्दुमा पुगेको नेप्से आइतबार दोहोरो अंकले घट्यो ।

आइतबार बजारमा ६ करोड ५४ लाख ७५ हजार ३६६  कित्ता शेयरको खरिदबिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । 

आज राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), मल्टीपर्पसफाइनान्स कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन्  भने यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ८२ करोड १४ लाख ८१ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्