१६ असार २०८३, मंगलबार

ग्लोबल आईएमई बैंकका सीईओ रेग्मीद्वारा पदभार ग्रहण

भदौ २, २०८१
काठमाडौं
ग्लोबल आईएमई बैंकका सीईओ रेग्मीद्वारा पदभार ग्रहण

ग्लोबल आईएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेका छन् ।

आइतबार पदभार ग्रहणअघि सीईओ रेग्मीले बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

नवनियुक्त सीईओ रेग्मीको बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव छ । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ्ग करिअर शुरू गरेका रेग्मी २०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए।

ग्लोबल आईएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रूपमा परिचित छन् ।

उनीसँग बैंकिङ्ग क्षेत्रको करिब ३५ वर्षभन्दा लामो अनुभव रहेको छ ।

null

नवनियुक्त रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा वेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन् ।

शपथ कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ्ग क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सुदृढ हुने विश्वास व्यक्त गरे ।

उनले नयाँ प्रमुख कार्यकारी अधिकृत रेग्मीको नेतृत्वमा बैंकको सेवालाई समयसापेक्ष बनाउँदै आम सेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ्ग प्रदान हुने बताए ।

'रेग्मी ग्लोबल आईएमई बैंकको शुरूदेखि नै यस बैंकमा हुन्नुहुन्छ । लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका उहाँ एक अनुभवी बैंकर हो । उहाँले यस ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधीनमा रही यस बैंकका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र शेयर होल्डरहरूलाई यथोचित प्रतिफल प्रदान गर्ने मलाई विश्वास छ,' उनले भने । 

पदभार ग्रहण गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए ।

उनले आफ्नो कार्यकालमा बैंकको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरू, नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।

साथै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा बैंकको सम्मानजनक उपस्थितिलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिवद्धता उनको थियो ।

उनले ग्लोबल आईएमई बैंकको ब्रान्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउन आफूले प्रयत्न गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्