
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अङ्कले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबारका दिन बिहीवार नेप्से परिसूचक ६.०१ अङ्कले बढेर २९७४.४६ को बिन्दुमा बन्द भएको हो ।
यस दिन बजारमा ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर बिक्री हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन बुधवार नेप्से परिसूचक तीव्र उतारचढावपछि २.१ अङ्कले बढेर २९६८.४४ को बिन्दुमा अडिएको थियो । यसदिन बजारमा ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता शेयरको खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको थियो ।
बिहीवार तारागाउँ रेजेन्सी होटेल, नारायणी डेभलपमेन्ट बैङ्क, ज्योति विकास बैङ्क, कर्पोरेट डेभलपमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क, सप्तकोसी डेभलपमेन्ट बैङ्क र थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
बिहीवार उपसमूहतर्फ पाँच बढेका छन् भने आठ घटेका छन् ।
यस साता तीन दिन मात्रै कारोबार भएको छ । जहाँ साताको पहिलो कारोबारका दिन आइतवार मात्रै ३४ अङ्कले घटेको शेयर बजारमा २८ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता सोमवार र मङ्गलवार शेयर बजारको कारोबार बन्द रहेको थियो ।
त्यस्तै, बुधवार २.१ अङ्कले बढेर २९६८.४४ को बिन्दुमा अडिएको थियो । भने बिहीवार साताको अन्तिम कारोबारका दिन ६.०१ अङ्कले बढेर बजार बन्द भएको छ