
सर्वोच्च अदालतले ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतले एक दशकअघि नै प्रहरीको निवृत्तिभरण र अवकाशसम्बन्धी ऐनमा राख्न निर्देशनात्मक आदेश जारी गरेको थियो ।
२०७० साल चैतमा सर्वोच्चको विशेष इजलासले प्रहरी कर्मचारीको नियुक्ति, निवृत्तिभरण र अवकाशसम्बन्धी व्यवस्था ऐनमा राख्न निर्देशनात्मक आदेश दिएको थियो । राजधानी दैनिकले १०८ प्रहरी अधिकृतको जागिर जोगिएको खबर छापेको छ ।