०३ असार २०८३, बुधबार

जलनको उपचार निःशुल्क गरिँदै

भदौ ९, २०८१
काठमाडौं
जलनको उपचार निःशुल्क गरिँदै

सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निःशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागु गर्न लागेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जलन भएकाबिरामीको निःशुल्क उपचार गर्न लागेको जानकारी दिँदै सहमतिका लागि कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेको बताए । 

अर्थबाट सहमति आएपछि जलनको उपचार निःशुल्क हुने उनले बताए । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनको उपचार निःशुल्क गर्ने गरी सो कार्यलाई प्राथमिकता दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका
प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्