०१ असार २०८३, सोमबार

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

भदौ १३, २०८१
काठमाडौं
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसीलाई नियुक्त गरेको छ । 

बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीसीलाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लोकान्तरलाई जानकारी दिए ।   

डीसी लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा आबद्ध कलाकार तथा निर्देशक हुन् । उनी नेकपा (एमाले)निकट चलचित्रकर्मी मानिन्छन् । 

यस्तै सरकारले एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले गृह सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । 

मुख्य सचिव लीलादेवी गड्तौला उमेरहदका कारण अगाामी भदौ १५ देखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले मुख्य सचिवमा अर्याललाई चयन गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्