२३ असार २०८३, मंगलबार

सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्नु कानूनी दृष्टिले अमान्य– प्रधानमन्त्री

भदौ २५, २०८१
काठमाडौं
सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्नु कानूनी दृष्टिले अमान्य– प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाग्राहीको काम प्रभावित भएपछि सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली टीएमएसमाथि प्रतिबन्ध लगाइएको बताएका छन् । 

मंगलवार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्नु कानूनी दृष्टिले अमान्य भएको स्पष्ट पारेका हुन् । 

‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानूनी दृष्टिले अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस)माथि प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा  टीएमएस नचल्ने बनाउन निर्देशनसमेत दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काममात्र गर्न अनुरोध गर्दछु ।’

सरकारी कार्यालयमा कर्मचारी शेयर कारोबारमा व्यस्त रहँदा पछिल्लो केही समययता सेवाग्राहीको काम नै प्रभावित भएको जनगुनासो आएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्