२८ जेठ २०८३, बिहीबार

भारतको सहयोगमा बनेको महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्‌घाटन

भदौ ३१, २०८१
काठमाडौं
भारतको सहयोगमा बनेको महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्‌घाटन

भारत सरकारको सहयोगमा ​भक्तपुरको सूर्यविनायक नगरपालिकामा बनेको महेन्द्र शान्ति माध्यमिक विद्यालयको नयाँ भवनको उद्‌घाटन गरिएको छ ।

​‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको १.१३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालय भवनको सोमबार उद्‌घाटन गरिएको भारतीय दूतावासले जनाएको छ ।

भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप-प्रमुख सरिता तिमसिना (भट्टराई) र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा भवनको उद्‌घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको दूतावासले जनाएको छ ।

null

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गतको भारत सरकारको अनुदानमा विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तले भवनको निर्माण गरिएको हो ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो ।

जिल्ला समन्वय समिति भक्तपुरमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको हो ।

सन् १९५२ मा प्राथमिक विद्यालयको रूपमा श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको स्थापना भएको थियो । जुन सन् १९९५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो ।

null

यो विद्यालय जिल्लाकै पुरानो विद्यालय मध्यको एक हो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कुल विद्यार्थी संख्या करिब ८०० रहेको छ । जसमध्ये ४५ प्रतिशत छात्राहरू छन् । 

श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुनेछ ।

साथै सिकाइको राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षाको विकासमा योगदान पुर्‍याउने दूतावासले जनाएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।

nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्