०९ साउन २०८३, शनिबार

सुनको मूल्य तोलामा आठ सयले घट्यो

असोज ३, २०८१
काठमाडौं
सुनको मूल्य तोलामा आठ सयले घट्यो

उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ ।

यसै क्रममा आज सुन प्रतितोला ८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापावाल सुनको मूल्य आजका लागि रु एक लाख ५५ हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ८० निर्धारण भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्