०१ असार २०८३, सोमबार

‘शाम्बाला’ले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने

असोज ५, २०८१
काठमाडौं
‘शाम्बाला’ले ओस्कारमा नेपालको प्रतिनिधित्व गर्ने

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (ओस्कार)द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रुपमा ‘शाम्बाला’ छनोट भएको छ । 

समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र ‘शाम्बाला’लाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका छन् । 

यस वर्ष ओस्कार प्रतिस्पर्धाका लागि प्राप्त एक मात्र आवेदन ‘शाम्बाला’ नै रहेको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालले बताएको छ ।

चलचित्र ‘शाम्बाला’ले ओस्कार अवार्डका सबै मापदण्ड पूरा गरेको बताइएको छ ।

चलचित्रको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक बुनोटलाई विशेष ध्यानमा राखी उक्त चलचित्रलाई प्रतियोगिताका लागि छनोट गरिएको हो ।  
 

salt training

कमेन्ट गर्नुहोस्