१९ असार २०८३, शुक्रबार

जागिर छोड्दाका तरिका–ट्रम्पको ट्वीटर ह्याकदेखि आफ्नै यस्तो तस्वीर पत्रिकामा छाप्नेसम्म

कात्तिक २०, २०७४
जागिर छोड्दाका तरिका–ट्रम्पको ट्वीटर ह्याकदेखि आफ्नै यस्तो तस्वीर पत्रिकामा छाप्नेसम्म
गत बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट अचानक डिलिट भयो । करिब ११ मिनेटपछि उनको ट्विटर अकाउन्ट ‘रि–स्टोर’ भयो । तर त्यतिन्जेल उनको ट्विटर अकाउन्ट ह्याक भएको खबरले सर्वत्र सनसनी फैलाइसकेको थियो ।

केहीबेर पछि नै ट्विटरका एक कर्मचारीले जागिर छाड्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटर अकाउन्ट डिलिट गरिदिएको तथ्य प्रकाशमा आयो । समाचार एजेन्सीहरुका अनुसार ती कर्मचारीको बिहीबार ट्विटरको कार्यालयमा कर्मचारीका रुपमा अन्तिम दिन थियो । जागिर छाड्ने बेलामा उनले यस्तो तरिका रोजे कि, विश्वमा उनले आफूलाई चर्चामा ल्याए ।

जागिर छाड्नु मानिसको जीवनको अहम् फैसला मानिन्छ । केहीले उमेर, स्वास्थ्यलगायतका कारण जागिर छाड्छन् भने केहीले पारिश्रमिकप्रति असन्तुष्टि, सहकर्मीहरुसँग तालमेलको अभाव, एउटै कार्यालयमा लामो समय काम गर्दाको निरशतालगायतका कारणले जागिर छाड्छन् ।

कहिलेकाहीँ खुशीपूर्वक जागिर छाड्ने समय पनि आउँछ । अर्को राम्रो विकल्प सामुन्ने आएको अवस्थामा होस् या जागिरका लागि निर्धा्रित उमेर हदका कारण यसरी अवकाशपूर्ण जीवनमा प्रवेश गर्ने समय आउने गर्दछ । जागिर छाड्नुपर्ने परिस्थिति जस्तोसूकै भए पनि आफ्नो हाकिम तथा सहकर्मीलाई यसबारे जानकारी दिनु सबैभन्दा कठिन काम हो ।

सन् २०१० मा विमान कर्मचारी स्टिभन स्लेटरले आफ्नो हवाई यात्राकै क्रममा जागिर त्यागे । उनी पिटसवर्गबाट न्यूयोर्कतर्फको उडानमा थिए । आफ्ना यात्रुलाई विमानमा धेरै सामान नराख्न उनी सम्झाउँदै थिए तर कयौं यात्रुले उनको सुझावलाई स्वाभाविक रुपमा मान्न सकेनन्, किनकि आफूसँग ल्याएको सामान कहाँ छाड्ने भन्ने समस्या उब्जिएको थियो । यत्तिकैमा स्टिभनले उडानकै बीचमा इन्टरकममार्फत घोषणा गरे– ‘उहाँहरु सबैलाई धेरै धेरै धन्यवाद, जसले मलाई २० वर्षदेखि साथ दिनु भयो ।’ यद्यपि यसरी अपर्झट जागिर छाडेका कारण उनले विमान कम्पनीलाई १० हजार डलर जरिवाना तिर्नु प¥यो ।

सन् २०१३ मा बेलायतका सीमा बलमा कार्यरत क्रिस होल्मसले जागिर छाड्ने सूचना दिनका लागि अनौठो तरिका रोजे । विमानस्थलमा तैनाथ उनले आफ्नो पेशा परिवर्तन गर्ने सोचका साथ जागिर छाड्ने निधो गरेका थिए ।


उनले केक बनाउने व्यवसायमा लाग्ने निर्णय गरिसकेका थिए । त्यसैले आफ्ना कार्यालयका सहकर्मीसमेत सबैलाई उनले एउटा आकर्षक केक बनाएर केक मै पत्र लेखे ।

मारिया शिफरिन ताइवानमा एक कम्पनीको एनिमेटरसम्बन्धी काम गर्थिन् । उनले जागिर छाड्ने सूचना युट्युवमा आफ्नो भिडियोमार्फत जारी गरिन् । भिडियोमा उनी खाली कार्यालयमा नृत्य गरिरहेकी देखिन्थिन् । भिडियो मै उनले लेखेकी थिइन्– ‘मेरो हाकिमका लागि यो नृत्य ।’

शिफरिनका अनुसार उनका हाकिमलाई सँधैजसो युट्युवमा कति दर्शक आए र आफ्नो कम्पनीको भिडियो हेरे भन्ने नै चिन्ता हुन्थ्यो । ‘त्यसैले जागिर छाड्ने बेलामा आफ्नै भिडियो बनाउने सोच आयो,’ उनले भनिन् । उनको भिडियो दुई करोडभन्दा बढी दर्शकले हेरेका थिए ।

रोड आइल्याण्डको एक होटल कर्मचारीले सन् २०११ मा जब नोकरी छोड्ने फैसला गरे तव पूरै व्याण्ड बाजा लिएरु अफिस आएका थिए र बोसलाई राजीनामा दिएर हिडेका थिए । जोय डी फ्रान्सेसले यसको भिडियो बनाएर अनलाइनमा राखेका थिए थिए जोन निकै चाडो भाइरल भएको थियो ।

अस्ट्रेलियाको एक पत्रिकामा काम गर्दै आएकी ल्यूक बेन्जले आफ्नो स्थानमा अरु कसैलाई राख्न थालेको थाहा पाएपछि जागिर छाड्ने मनशायका साथ पत्रिकाको कार्यालयलाई नै नियन्त्रणमा लिइन् । उनले पत्रिकाको पहिलो पृष्ठमा प्रकाशन हुन लागेको तस्वीर हटाएर आफ्नो नग्न कार्टुन बनाएर प्रकाशित गराइन् । प्रकाशकलाई यसबारे जानकारी हुन्जेलसम्म मेलबर्नमा उक्त अखबारको ३५ हजार प्रति बिक्री भइसकेको थियो । पछि पत्रिकाले आफ्ना पाठकसमक्ष माफी मागेको थियो ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्