११ साउन २०८३, सोमबार

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी, उपत्यकामै दुई हजारभन्दा बढी

असोज १८, २०८१
काठमाडौं
डेङ्गुका १४ हजारभन्दा बढी बिरामी, उपत्यकामै दुई हजारभन्दा बढी

 देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । 

केही दिन अघि पानी परेका कारणले डेङ्गु सङ्क्रमण बढेको बताए । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ । 

डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ । 

कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, बागमतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । 

यसैगरी उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेङ्गु सङ्क्रमण  देखिएको छ । काठमाडौँ जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितपुर चार सय ८९ जनामा  डेङ्गी सङ्क्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्