
भारतीय गायक जुबिन नौटियालले नेपालमा एक च्यारिटी कन्सर्ट गर्ने भएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन. अटिजम केयर फाउन्डेसले यसबारे जनकारी दिएको हो ।
जसअनुसार उनको कन्सर्ट १४ डिसेम्बरमा हुनेछ । कार्यक्रमबाट प्राप्त सबै आम्दानी एन.अटिजम केयर फाउन्डेसनको सहयोगको लागि जानेछ ।
यो संस्था जुबिन नौटियालसँगको साझेदारीमा नेपालमा सञ्चालित रहेको जनाइएको छ ।