१९ असार २०८३, शुक्रबार

दशैंपछि खुलेको शेयर बजार ३१ अङ्कले बढ्यो, ३ अर्बको कारोबार

असोज २९, २०८१
काठमाडौं
दशैंपछि खुलेको शेयर बजार ३१ अङ्कले बढ्यो, ३ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ३१ अङ्कले बढेको छ ।​​

दशैंपछिको पहिलो कारोबारका दिन मंगलबार नेप्से परिसूचक ३१.४८ अङ्कले बढेर २६९९.६६ को विन्दुमा अडिएको हो ।​

दशैंअघि असोज २३ गते बुधबार नेप्से परिसूचक ४.८५ अङ्कले बढेर २६६८.१७ को विन्दुमा बन्द भएको थियो । त्यसपछि आज असोज २९ गते कारोबार खुलेको हो ।

मङ्गलबार ६४ लाख १७ हजार २६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज जानकी फाइनान्स कम्पनी र मिथिल्ला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

यी दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, मिड सोलु हाइड्रोपावरको शेयर मूल्य भने सबैभन्दा बढी १० प्रतिशतले घटेको छ  ।

salt training

कमेन्ट गर्नुहोस्