१९ असार २०८३, शुक्रबार

४३ अङ्कले बढेर २७ सयको विन्दुमा पुग्यो नेप्से, ५ अर्ब बढीको कारोबार

असोज ३०, २०८१
काठमाडौं
४३ अङ्कले बढेर २७ सयको विन्दुमा पुग्यो नेप्से, ५ अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) आज पनि दोहोरो अङ्कले बढेको छ ।

दशैं बिदापछिको दोस्रो कारोबारका दिन नेप्से परिसूचक ४३.२२ अङ्कले बढेर २७४२.८८ को विन्दुमा अडिएको हो । 

दशैंपछिको पहिलो कारोबारका दिन मङ्गलबार नेप्से परिसूचक ३१.४८ अङ्कले बढेर २६९९.६६ को विन्दुमा अडिएको थियो ।

यस दिन ६४ लाख १७ हजार २६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको थियो ।

बुधवार १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । 

आज अपर स्यान्ज हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । यसका लगानीकर्ताहरूले सर्वाधिक घाटा खाएका छन् । 

त्यस्तै, कारोबारका आधारमा नेपाल फाइनान्स लिमिटेड १५ करोड ९ लाख ५० हजार रुपैयाँको साथ शीर्ष स्थानमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्