२४ असार २०८३, बुधबार

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

कात्तिक ११, २०८१
काठमाडौं
लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

लक्ष्मी सन्‌राइज बैंकले कास्कीको पोखरामा शाखा स्थानान्तरणमार्फत आफ्नो सेवा विस्तार गरेको छ ।

बैंकको पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित बूढी बजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नम्बर ६ स्थित हल्लनचोक (लेकसाइड)मा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले सोही महानगरपालिकाको वडा नम्बर २७ स्थित लेखनाथ (तालचोक) शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपालिका वडा न। १६ को बाटुलेचौरमा स्थापना भएको हो ।

साथै ग्राहकहरूको सहजता लागि रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ३ स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्‌राइज बैंकले ५९ जिल्लामा २५४ शाखा, ३२१ एटीएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्टमार्फत सेवा दिँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्