
रियलमीले आफ्नो फ्ल्यागशिप फोन रियलमी जी टी ७ प्रो चीनमा लञ्च गर्ने मिति तय गरेको छ ।
यही नोभेम्बर ४ तारिखका दिन यो फोन चीनमा लन्च गरिँदैछ। यसबारे धेरै किसिमका जानकारीहरू कन्फर्म भइसकेका छन्।
चीनमा प्रस्तुत गरेपछि कम्पनीले यसलाई भारतमा पनि ल्याउनेछ। फोन यसै महिनामा भारतमा लन्च हुनेछ।
लगत्तै उक्त फोन नेपाल आउन अपेक्षा गरिएको छ । फोनमा स्नापड्रागन ८ इलाइट चिपसेट हुनेछ ।
यसको मुख्य विशेषता भनेको अन्डरवाटर फोटो ग्राफी फिचर हो । अर्थात पानीमुनि फोटो खिच्न सकिनेछ ।
यसमा अन्डरवाटर फिंगरप्रिन्ट सपोर्ट पनि उपलब्ध हुनेछ । अनलक हुनेबित्तिकै क्यामेरा खुल्नेछ ।
प्रयोगकर्ताहरूले रियर र फ्रन्ट दुवै क्यामेराबाट अन्डरवाटर तस्वीर खिच्न सक्नेछन् । जूम इन पनि गर्न सक्नेछन्।