
शेयर बजारमा बिहीबार सामान्य वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.९५ अंकले बढेर २७ सय ४८ दशमलव ७८ अंकमा कायम भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार १५९ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ७९ कम्पनीको मूल्य घटेको छ । ६ वटा कम्पनीको मूल्य भने यथावत् रह्यो ।
कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । बिहीबार १० अर्ब ३२ करोडको कारोबार भएको हो ।
३ वटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा बढ्दा रावा इनर्जीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी गुमाएका छन् ।
बिहीबार ग्रीनलाइफ हाइड्रोपावरको सबैभन्दा बढी कित्ता शेयर कारोबार भयो ।
लगातार २ दिन घटेको शेयर बजारमा बिहीबार भने वृद्धि देखिएको हो ।