२५ असार २०८३, बिहीबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काईवाक टावर’मा विशेष छुट

मंसिर ४, २०८१
काठमाडौं
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काईवाक टावर’मा विशेष छुट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’मा विशेष छुट पाउने भएका छन् ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) र वन्डर्स नेपाल प्रालि’बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गलाई ‘स्काईवाक टावर’ प्रवेश शुल्कमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो ।​

एनआईएमबीका ग्राहकले १ जनादेखि ५ जनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र ५ जनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट  एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

बैंकले ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू दिँदै आएको छ ।

छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्