
कीर्तिपुरमा कर्मा ब्याण्ड र कुटुम्ब सांगीतिक समूह एकसाथ गुञ्जिने भएका छन् ।
कीर्तिपुर नगरपालिकाको प्रवर्द्धन र आदि ग्रुप प्रालिको कार्यक्रम व्यवस्थापन तथा प्रवर्द्धन इकाई एएसक्युको आयोजनामा कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् कन्सर्टको अन्तिम तयारी पूरा भएको छ ।
कर्मा ब्याण्ड तीन दशकअघि कीर्तिपुरकै माटोमा जन्मिएको र कीर्तिपुरको सांगीतिक इतिहासलाई जीवन्त बनाएको ब्याण्ड हो । कर्माले नेपाली गीतसंगीतको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै नेपाली सांगीतिक परम्परालाई विश्वव्यापी बनाएको छ ।
कन्टर्समा कर्मा ब्याण्डका सांगीतिक यात्राका चर्चित गीतहरू ‘हुक्का मेरो डल्ले डल्ले...’, ‘मौनता...’, ‘को हौ तिमी...’ लयायतका दर्जन भाकाहरू गुञ्जिने छन् ।
कर्माको लोक र रकको सशक्त फ्युजन एवम् कुटुम्बको परम्परागत धुनको आधुनिक प्रस्तुति रहनेछ । कीर्तिपुरको स्थानीय संस्कृति र परम्परालाई उजागर गर्दै पारम्परिक नृत्य, लाखे, धिमे, झाँकी जस्ता सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने प्रवर्द्धक कीर्तिपुर नगरपालिकाले जनाएको छ ।