![पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेला [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/gadhimai_mela_10_0NX2MCT0w7.jpg)
बाराको महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा आज पशु बलि दिएको छ ।
आइतबारदेखि मेलामा दिइने बलि र गढीमाई दर्शनका लागि दर्शनार्थीको ओइरो, रंगीचंगी सजावट, विभिन्न प्रदर्शनी, खेल तमासाका मनोरञ्जनात्मक दृश्य र व्यापारले मेलाको रौनक बढाएका छन् ।
यस क्षेत्रका सर्वसाधारणले यो मेलालाई उत्सवका रूपमा मनाउने गरेका छन् ।
शक्तिपीठ गढीमाईप्रति आस्था राख्ने देश विदेशका दर्शनार्थी मेला भर्न आउने गरेकाले गढीमाईको ख्याति फराकिलो बन्दै गएको क्रमसँगै मेला मूल व्यवस्थापन समितिको आग्रहमा जिल्लाका अधिकांश विद्यालयको पठनपाठन शुक्रबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ ।
यसैगरी मधेश प्रदेश सरकारले बलिका दिन प्रदेशभरि बिदा दिएको छ ।
तस्वीरहरू



















