०८ साउन २०८३, शुक्रबार

एसबीआई बैंक र मणिपाल मेडिकल ग्रुपबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

मंसिर २७, २०८१
काठमाडौं
एसबीआई बैंक र मणिपाल मेडिकल ग्रुपबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

नेपाल एसबीआई बैंक लिमिटेड र मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालि फूलबारी, पोखराबीच सम्झौता भएको छ । 

नेपाल एसबीआई बैंकका सम्पूर्ण ग्राहकलाई लक्षित गरी मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साइन्समा विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपाल एसबीआई बैंक लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका गण्डकी प्रदेश प्रमुख मीनबहादुर गुरुङ तथा मेडिकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत, अनिल ओदूभिलले हस्ताक्षर गरे । 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पन्डा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा मेडिकल ग्रुपका अन्य पदाधिकारी समेतको उपस्थिति रहेको थियो । 

सम्झौताबाट ग्राहकले बैंकको  कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा १० देखि १०० प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्