०३ असार २०८३, बुधबार

साताको शेयर समीक्षा– नेप्सेको ओरालो यात्रा जारी, के भन्छन् जानकारहरू ?

पुस ५, २०८१
काठमाडौं
साताको शेयर समीक्षा– नेप्सेको ओरालो यात्रा जारी, के भन्छन् जानकारहरू ?

यस साता (पुस १ देखि ४ गतेसम्म) शेयर बजार परिसूचक (नेप्से) ८५ अंकले घट्यो । 

साताको पहिलो कारोबार दिन ५१.३७ अंकले घटेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार ३१.४३ अंकले घटेर बन्द भयो । 

साताभर परिसूचक ३.१९ प्रतिशतले घट्दा १९ अर्ब ३० करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । पुसको पहिलो साता शेयर बजार एक दिन सामान्य अंकले बढ्यो भने तीन दिन गिरावट आयो । 

साताको कारोबारमा परिसूचकले उच्चतम २६८४.३२ को बिन्दुलाई छोएको थियो भने न्यूनतम् २५५३.१८ को बिन्दुमा पुगेको देखियो । 

गत साता (मंसिर २३ देखि २७ सम्म) ५२.६४ अंकले घटेको शेयर बजारमा २८ अर्ब ६९ करोडको कारोबार भएको थियो । त्यसअघिको साता (मंसिर १६ देखि २० गतेसम्म) पनि शेयर बजारमा १३.१२ अंकको गिरावट देखिएको थियो । 

पुस मसान्तको चापले गर्दा शेयर बजारको निरन्तरको ओरालो यात्रा जारी रहेको शेयर बजारका जानकार राजन लम्साल बताउँछन् । आगामी साता पनि बजारमा सामान्य गिरावट देखिने उनको अनुमान छ ।

‘यस साता शेयर बजारमा निरन्तरको गिरावट देखिएको छ । सबैलाई पुस मसान्तको चटारो छ’, उनले भने, ‘यसका साथै कम्पनीहरूले आशा गरेजस्तो लाभांश दिन नसकेर पनि निराशा देखिएको छ ।’ 

अहिले बजारमा सेलर मात्रै एक्टिभ र बायर वेट एन्ड सीको अवस्थामा रहेको उनले बताए । 

शेयर बजारका अर्का जानकार सुभाष ढुंगाना करेक्सनले निरन्तरता पाएको बताउँछन् ।

अहिले नै करेक्सन रोकिने अवस्था नरहेको उनको भनाइ छ । 

‘साताभर कारोबार पोजेटिभ हुन सकेन । करेक्सनले निरन्तरता पायो’, उनले भने, ‘यो करेक्सन रोकिएको भन्न मिल्दैन । अझै केही करेक्सन आउन सक्छ ।’ 

यस्तो रह्यो साताको कारोबार 

यस साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा भएर शेयर बजार बन्द रह्यो । 

सोमबार शेयर बजार खुलेपछि नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ को बिन्दुमा बन्द भयो । यसदिन १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार रुपैयाँको कारोबार भयो । 

मंगलबार भने परिसूचक २.९५ अंकले बढेर २६३३.८७ को बिन्दुमा बन्द भयो । यस दिन बजारमा ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको थियो ।

बुधवार परिसूचक ५.६० अंकले घटेर २६२८.२६ को बिन्दुमा बन्द भएको थियो । यस दिन बजारमा ८१ हजार ४७ हजार ३२० कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब २७ करोड ८२ हजार रुपैयाँको कारोबार भएको थियो । 

र, साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार उच्च अंकले घटेर बन्द भयो । 

बिहीबार परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ को बिन्दुमा बन्द भयो । 

salt training

कमेन्ट गर्नुहोस्