०१ असार २०८३, सोमबार

थाईल्यान्डमा नेटा नम्बर वान

माघ २, २०८१
काठमाडौं
थाईल्यान्डमा नेटा नम्बर वान

चिनियाँ अटोमोबाइल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गरेको छ । यस्तै, ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको नेटा ब्रान्डले आगामी वर्षमा अझ आक्रमक रूपमा आफ्नो उपस्थितिलाई बढाउँदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ ।

नेपालको सन्दर्भमा पनि नेटाको बिक्री तुलनात्मक रूपमा बढ्दै गइरहेको छ  । नेपालमा नेटा अटोको ब्रान्डहरूलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्री पछिको बजार र सुविधालाई विशेष ध्यानमा राखिँदै आएको बताइएको छ ।

नेपालका लागि नेटा ब्राण्डको आधिकारिक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरू नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ ।

नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (EVs) चाहने व्यक्तिहरूका लागि एक महत्त्वपूर्ण विकल्प हो। यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ । जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ। १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ। 

नेटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा ३८०+ किमि दायरा छ र यो सीएटीएलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा एक लाख ५० हजार किमि वारेन्टी छ।

नेटा एक्स एकल चार्जमा ५०० किमिसम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ। सीएटएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा एक लाख ८० हजार किमि वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिने कम्पनीको दाबी छ । 

यी सुविधाहरूले नेटा एक्सलाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयूभीको रूपमा आकर्षक विकल्प बनाउँछ ।  


 

salt training

कमेन्ट गर्नुहोस्