०१ असार २०८३, सोमबार

चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण

माघ ४, २०८१
काठमाडौं
चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण

चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ ।

पीआरएससी–इ०१ नामको स्याटेलाइट दिउँसो १२ः०७ मा प्रक्षेपण गरिएको थियो ।  उक्त स्याटेलाइट लङ मार्च–२डी वाहक रकेटद्वारा आफ्नो कक्षमा सफलतापूर्वक प्रवेश गर्यो ।

रकेटले दुई अन्य उपग्रहहरू टियानलु–१ र लान्टान–१ पनि बोकेको थियो ।

यो प्रक्षेपणले लङ्ग मार्च क्यारियर रकेट श्रृङ्खला समावेश ५५६ औं उडान मिसनलाई चिन्ह लगाइयो ।

salt training

कमेन्ट गर्नुहोस्