२८ जेठ २०८३, बिहीबार

संसद्को विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन: शंकर पोखरेल

माघ ५, २०८१
काठमाडौं
संसद्को विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्को विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा नगर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले संसद्को विशेष अधिवेशन बोलाउन राष्ट्रपतिसँग माग गर्ने तयारी गरेको भनेपछि पोखरेलको यस्तो प्रतिक्रिया आएको हो ।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत टिप्पणी सार्वजनिक गर्दै पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला माघको अन्तिम साता संसद्को हिउँदे अधिवेशन बोलाएको पनि स्मरण गरेका छन् । 

‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको बिर्सनु भएछ कि क्या हो उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठूलो चिन्ता भएछ’, पोखरेलले लेखेका छन्, ‘अनि उहाँले प्रतिपक्षमा रहेका दलहरूको बैठक डाकेर विशेष अधिवेशन बोलाउने घुर्की समेत लगाउनु भएछ । विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै ।’

 विपक्षी दलको नेता भएपछि घुर्की लगाउनैपर्ने बाध्यता प्रचण्डलाई रहेको पोखरेलको कटाक्ष  छ। 

शुक्रबार नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको थियो । बैठकले संसद्को हिउँदे अधिवेशन चाँडो बोलाउन सरकारको ध्यानाकर्षण गराएको थियो । हिउँदे अधिवेशन नबोलाइए विशेष अधिवेशन बोलाउनेतर्फ जानुपर्ने हुनसक्ने नेताहरूले बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्