०४ असार २०८३, बिहीबार

जगदम्बा मोटर्सले ल्यायो ‘अनस्टपेबल फ्रिडम’ अभियान, यस्ता छन् विशेषता

राइडरहरूलाई २ वर्षसम्म समस्यारहित लिमिटलेस राइड अनुभव प्रदान गर्ने लक्ष्य
माघ ७, २०८१
काठमाडौं
जगदम्बा मोटर्सले ल्यायो ‘अनस्टपेबल फ्रिडम’ अभियान, यस्ता छन् विशेषता

नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले रोमाञ्चक अफर ‘अनस्टपेबल फ्रिडम’ घोषणा गरेको छ ।

आफ्ना लोकप्रिय फ्ल्यागशिप मोडेलहरू— टीभीएस अपाचे आरटीआर १६० रिफ्रेश ४ भी एफ डी र अपाचे आरटीआर १६० २ भी रिफ्रेश बी टी का लागि रोमाञ्चक अफरको घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ ।

यस अफरअन्तर्गत कम्पनीले बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै २ वर्षसम्मका लागि समस्यारहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य कम्पनीले लिएको छ ।

जस अन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पार्ट्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् ।

यी सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । 

टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डीएनए अनलिश्ड’को सिद्धान्तलाई प्रतिबिम्बित गर्दछ ।

उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उत्कृष्ट ह्यान्डलिङको संयोजनले यी बाइक शक्ति र सटिकताका लागि निर्माण गरिएको प्रष्ट हुन्छ । सिरिजले रोमाञ्चक यात्रा गर्न मन पराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पुरा गर्ने कम्पनीको भनाइ छ ।

ग्राहकहरूको सहजतालाई विशेष प्राथमिकतामा राख्दै, टीभीएसले चुनिएका सर्भिस स्टेसनहरू मार्फत ६० मिनेटभित्र स्पेयर पार्ट्स सुविधा काठमाडौं उपत्यकाका ग्राहकलाई  प्रदान गर्ने व्यवस्था गरेको छ । ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कूटरको खरिद गर्दा आजीवन वारेन्टी पनि​ टीभीएसले प्रदान गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्