०३ असार २०८३, बुधबार

टेलिकम बदलिँदो प्रविधि अनुसार अगाडि बढ्नुपर्छ : मन्त्री गुरुङ

माघ २२, २०८१
काठमाडौं
टेलिकम बदलिँदो प्रविधि अनुसार अगाडि बढ्नुपर्छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकमले कार्यक्षेत्र विस्तारका साथै बदलिँदो प्रविधि अनुसार अगाडि बढ्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल टेलिकमको २१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले बदलिँदो प्रविधिसँगै टेलिकमले परिवर्तन हुनुपर्ने बताएका हुन् । 

‘विकसित विश्व सिक्स जी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा छ, हामीलाई भने फाइभ जी सेवा नेपालमा मुख्य शहरहरूमा शुरू गरिहाल्नुपर्ने आवश्यकता छ । यसमा नेपाल दूरसञ्चार कम्पनीकै महत्त्वपूर्ण भूमिका हुन्छ’, उनले भने, ‘टेलिकमको सुधारका लागि के समस्याहरू छन् ? त्यसका लागि समिति बनाएका छौं । त्यसको रिपोर्ट आउला । यसलाई व्यवस्थित बनाउने काम गर्नेछौं । बिना कामका पनि संस्थाहरू चलिरहेका छन् । वायु सेवा निगम भनौं या आयल निगम, अहिले राम्रो काम गरेको टेलिकम र विद्युत प्राधिकरण मात्रै हो ।’

मन्त्री गुरुङले सरकारको स्वामित्व भएका कम्पनीहरूको सेयर पब्लिकमा लैजाने समेत बताए । ‘आम्दानीको क्षेत्र फरक भइरहेको छ । हामी साउथ एसियामै पछाडी परिसकेका छौं। हुँदाहुँदै सानो भनिएको भुटानले समेत हामीलाई उछिनिसकेको छ’, मन्त्री गुरुङले भने, ‘अहिले सरकारको सबैभन्दा बढी लगानी जनतामा लैजानुपर्छ । टेलिकमकै २५ प्रतिशत सेयर पब्लिकमा लैजाने भनेका छौं, लैजाने छौं  ।  सरकारको स्वामित्वलाई पब्लिकतिर लैजाने सम्भवतः यसै वर्ष हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्