२४ असार २०८३, बुधबार

शरीरमा 'स्किन ट्याग' आएर चिन्तित हुनुहुन्छ ? यसरी हटाउन सकिन्छ

माघ २२, २०८१
काठमाडौं
शरीरमा 'स्किन ट्याग' आएर चिन्तित हुनुहुन्छ ? यसरी हटाउन सकिन्छ

मान्छेको शरीरमा स-साना डल्ला जुनसुकै ठाउँमा पनि हुनसक्छ । कसैकोमा एउटा मात्र होला भने कसैकोमा धेरै । यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् तर खासै हानि गर्दैनन् । सौन्दर्यलाई भने यिनीहरूले बिगार्छन् ।​

सौभाग्यवश, यस्ता डल्ला घरमै बसेर हटाउन सकिन्छ । चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो)ले सजिलै डल्ला हटाइदिन्छ ।

यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुई/तीन चोटि घोट्नुस् ।

यो प्रक्रिया दिन दिनै दोहोर्‍याउनु भयो भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ (अलिक बढी पनि लाग्न सक्छ) । त्यसैले धैर्य गर्नु जरुरी हुन्छ ।

मान्छेमा छालाका डल्ला पलाउनु सामान्य कुरा हो । यी हानीरहित डल्ला छालाबाट झुन्डिएका साना र नरम बेलुनजस्ता देखिन्छन् । पुरुष र महिला दुवैमा छालाको डल्लो हुन सक्छ ।

प्रायः मोटा मान्छेमा छालाको डल्ला निस्कन्छन् । कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्