०३ असार २०८३, बुधबार

ढुवानीलाई सहज बनाउने 'टिम भरिया एप' सार्वजनिक

माघ २६, २०८१
काठमाडौं
ढुवानीलाई सहज बनाउने 'टिम भरिया एप' सार्वजनिक

ढुवानीलाई सहज बनाउन 'टिम भरिया एप' सार्वजनिक भएको छ ।

भौतिक ढुवानीलाई डिजिटल बनाउन टिम भरिया इन्क प्रालिले उक्त एप सार्वजनिक गरेका हो । कम्पनीका सीईओ कमल फुयाँलका अनुसार टिम भरिया एप राइड शेयरिङ एप पठाओ , इन्ड्राइभ जस्तै फिचर भएको एप हो । 

वर्तमान समयमा ढुवानी साधनहरूले भोग्नु परेको समस्यालाई अन्त्य गर्नका लागि यो एप ल्याइएको फुयाँलले बताए। 

‘वर्तमान समयमा ढुवानी साधन ट्रक वा अन्य गाडीहरूले कुनै सामान ढुवानी गर्नका लागि ट्रान्सपोर्टमा गएर सामान कुरेर बस्नु पर्ने अवस्था छ। त्यसैगरी कम्पनी वा सप्लायर्सहरुले सामान लोडिङका लागि ट्रान्सपोटरलाई भन्ने गरेका छन्। तर ट्रान्सपोटहरुले त्यसो गर्न मान्दैनन्। यी लगायतका समस्याहरू यो एपले समाधान गर्ने छ,’ उनले भने ।

अब यो एपमार्फत कम्पनी वा सप्लायर्सले कुनै पनि पठाउन पर्ने सामानको विवरण क्रियट अर्डर गर्नुपर्ने छ र उक्त विवरण राइडरहरुले पाउने छन्। उक्त सामानको भाडा राइडरले चित्त बुझे एसेप्ट गर्नेछन् भने भाडा चित्त नबुझेमा राइडरले थप गर्न पाउने सुविधा पनि रहेको छ।

एपमा ३ वटा साइन अप वटन रहेका छन्। आइ एम ड्राइभर, आइ एम कार्गो र आइ एम ट्रान्सपोटर वटन रहेको छ। यो एपमा डोमेस्टिक र लङ रुट गरी २ क्याटेगोरीमा गाडीहरू उपलब्ध छन्। 

मानिसको दैनिक जीवनशैलीलाई सहज बनाउनका लागि पछिल्लो समय विभिन्न एपहरू सार्वजनिक भइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्