१२ साउन २०८३, मंगलबार

‘दुःखी आत्मा’ शुक्रबारदेखि प्रदर्शनमा

फागुन १, २०८१
काठमाडौं
‘दुःखी आत्मा’ शुक्रबारदेखि प्रदर्शनमा

यौनस्वास्थ्यको विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’ को आज काठमाडौँमा पहिलो प्रदर्शनी (प्रिमियर शो) गरिएको छ ।  

प्रिमियर शोमा उपस्थितले चलचित्रको विषयवस्तुको प्रसंशा गरे । शुक्रबारदेखि चलचित्र सार्वजनिक प्रदर्शन गरिने तयारी छ । यौन स्वास्थ्यका विषयमा धेरै विदेशी चलचित्र निर्माण भएपनि नेपालमा उक्त विषयमा चलचित्र निर्माण नभएकाले  आफैँले निर्देशन गरेको निर्देशक दीपेन्द्र लामाले बताए । 

उनले भने, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु ।” उनले चलचित्रमा पुरुषमा ‘इरेक्टाइल डिस्फक्सन’ भएको देखाएका छन् । यस पात्रका लागि उनले कविको पृष्ठभूमि तयार गरेका छन् । 

चलचित्रमा कविको भूमिकामा अभिनेता दयाहाङ राई छन् । उनले आफ्नो पात्रलाई न्याय गर्न हरसम्भव प्रयास गरेको बताए । 

अभिनेत्री आँचल शर्माले यौनस्वास्थ्यका विषयमा खुलेर संवाद नहुँदा निम्तिने समस्याले परिवारलाई असर गर्ने गरेको बताइन् । 

‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरेका छन् । 

प्रणय दिवसको अवसर पारेर प्रदर्शन हुने चलचित्रलाई आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्