२८ जेठ २०८३, बिहीबार

मण्डलामा ‘जुन त लग्यो ताराले’

फागुन ११, २०८१
काठमाडौं
मण्डलामा ‘जुन त लग्यो ताराले’

काठमाडौंको बानेश्वर थापागाउँस्थित मण्डला नाटकघरमा ‘जुन त लग्यो ताराले’को मञ्चन शुरू भएको छ ।

विदेशिन बाध्य बनाउने बाध्यता, रहर अनि सपनाले नेपाली समाजलाई एक्लो बनाइरहेको यथार्थ र छुटिगएका एक्लो मनहरूको कथालाई नाटकमा प्रस्तुत गरिएको निर्देशक इँगिहोपो कोँइच सुनुवारले बताए । 

शनिबारदेखि मञ्चन शुरू भएको नाटक सोमबार बाहेक हरेक दिन दिउँसो चार बजे मञ्चन हुनेछ । नाटक यही फागुन १८ गतेसम्म चल्ने निर्देशक सुनुवारले बताए । 

null     
‘फूभित्र भएका भोगाइ, महसुस अनि आफ्नै देखेका तर बेवास्ता गरिएका साधारण कथा भन्न रुचाउने भएकाले यो विषयलाई नाटकमा ल्याएको हुँ । यो कथालाई नाटकमा ल्याउँछु भन्ने पाँच, छ वर्षअघिदेखि नै सोच आएको थियो’, नाटकका लेखक समेत रहेका सुनुवारले भने, ‘तर यसपटक  मण्डला थिएटरले ‘ल्याब १६ का प्रशिक्षार्थीलाई प्रशिक्षण गराउनुका साथै नाटक निर्देशन पनि गर्नुपर्नेछ’ भन्ने जिम्मेवारी सुम्पिनु भएपछि नाटक तयार भयो ।’

null

निर्देशक सुनुवारले नाटक ‘जुन त लग्यो ताराले’मा उपाश्ना तामाङ, अन्जना राई, मीरा पण्डित, विनोद राहुमगर, मेनुका माझी, बद्रीप्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल, प्रिन्स रिजाल, अमिर ताम्राकार, सञ्जीव महर्जन, साइरस विश्वकर्मालगायत कलाकारले अभिनय गरिरहनुभएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्