०७ असार २०८३, आइतबार

शिवम् सिमेन्ट्स लिमिटेड ‘अवार्डस् फर कर्पोरेट एक्सेलेन्स २०२४’ बाट सम्मानित

फागुन १५, २०८१
काठमाडौं
शिवम् सिमेन्ट्स लिमिटेड ‘अवार्डस् फर कर्पोरेट एक्सेलेन्स २०२४’ बाट सम्मानित

शिवम् सिमेन्ट्स लिमिटेड ‘अवार्डस् फर कर्पोरेट एक्सेलेन्स २०२४ इन म्यानुफ्याक्चरिङ क्याटगोरी’बाट सम्मानित भएको छ । 

उत्पादनमुलक वर्गीकरण कम्पनीबाट उत्कृष्ट छनोट भएको शिवम्‌लाई मंगलबार काठमाडौंमा ‘कर्पोरेट क्लब नेपाल प्रालिद्वारा आयोजित ‘द एचआरएम अवार्डस् फर कर्पोरेट एक्सेलेन्स’ कार्यक्रममा उक्त अवार्डबाट सम्मानित गरिएको हो । 

कार्यक्रममा फरक-फरक विधामा विभिन्न कम्पनी तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिएको थियो । जसमध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई ‘अवार्डस् फर कर्पोरेट एक्सेलेन्स २०२४ इन म्यानुफ्याक्चरिङ क्याटगोरी’ अवार्डबाट सम्मानित गरिएको हो । यसरी उत्कृष्ट उत्पादनमूलक उद्योगको रूपमा स्थापित शिवम् सिमेन्टले विगतका दिनहरूमा समेत विभिन्न अवार्डहरू हात पारिसकेको जनाएको छ । 

यसअघि एनएस क्वालिटी अवार्ड २०१९, इनर्जी एन्ड इन्भाइरोनमेन्ट इफिसियन्सी अवार्ड २०१९, आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप एचिभर्स अवार्ड २०२३, युनाइटेड अरब इमिरेट्स (यूएई), श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३, भारत अर्गनाइजेसन सेल्स एक्सेलेन्स अवार्ड २०२३ र बेस्ट म्यानेज्डकम्पनी अफ द इयर २०२२ अवार्डहरुबाट सम्मानित भइसकेको छ । 

५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको शिवम् ओपीसी सिमेन्टले देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाहरूका साथै अनेकौं संरचना निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । 

हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवासमेतका कारणले शिवम् सिमेन्ट ग्राहकहरूले अत्यधिक रुचाएको सिमेन्ट हो ।

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा बीआईएस (आईएसआई), यूआरएस प्रमाणित आईएसओ प्रमाणपत्रप्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा समेत निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्